गण्डकीमा कास्कीका २३ जना सहितथप ४८ जनामा कोरोना पुष्टि, २ को मृत्यु



पोखरा

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १९८ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।

मंगलबार संक्रमण पुष्टि हुनेमा गण्डकीका ८ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका २३ जना, तनहुँका २ जना, लमजुङका ४ जना र नवलपुरका १ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै, स्याङ्गजाका ४ जना, पर्वत ६ जना, बाग्लुङका ५ जना र म्याग्दी जिल्लाका ३ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयले जनाएको छ। आज संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १ लाख १५६४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा गण्डकीबाट १२१ संक्रमणमुक्त भएका छन् । योसँगै, प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ९९ हजार १५४ पुगेको छ। भने, अहिले प्रदेशभर ९४९ सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टाना गण्डकीमा थप दुई जनाको मृत्यु पुष्टि भएको छ।  मृतक कास्की जिल्ला माछापुछ्रे गाउँपालिका -१ निवासी ८२ वर्षीय वृद्ध र पोखरा महानगरपालिका -१४ निवासी ८८ वर्षीया वृद्धा छन्। योसँगै, गण्डकीमा हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १४६१ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja