गण्डकीमा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि 



पोखरा

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १८८ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।

सोमबार संक्रमण पुष्टि हुनेमा गण्डकीका ९ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका २० जना, तनहुँका ४ जना, लमजुङका ११ जना र नवलपुरका ७ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै, स्याङ्गजाका ९ जना, पर्वत २ जना, बाग्लुङका ८ जना, म्याग्दीका ६ जना र मनाङ जिल्लाका ७ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयले जनाएको छ।

आज संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १ लाख १५१६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा गण्डकीबाट २३८ संक्रमणमुक्त भएका छन् । योसँगै, प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ९९ हजार ३३ पुगेको छ। भने, अहिले प्रदेशभर १ हजार २४ सक्रिय संक्रमित छन् ।

गण्डकीमा हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १४५९ रहेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja