सन्दीप लामिछानेको ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ५० विकेट पूरा



पोखरा

नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेटको कोशेढुंगा पार गरेका छन् ।

उनी टी–२० मा ५० विकेट लिने पहिलो नेपाली बलरसमेत हुन् । चारदेशीय श्रृङ्खलाअन्तर्गत आयरल्याण्डसँगको खेलमा १ विकेट लिएसँगै सन्दीपले ५० विकेट पूरा गरेका हुन् । उनले जर्ज डकरेललाई २८ रनको स्कोरमा आउट गरेर ५० विकेट पूरा गरेका हुन् ।

सन् २०१८ मा विश्व ११ का लागि वेष्टइण्डिजविरुद्ध सन्दीपले पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए । सन् २०१९ को जनवरी ३१ मा युएईसँगको श्रृङ्खलाका क्रममा उनले २ विकेट लिएका थिए ।

त्यसयता ३ वर्षको अन्तरमा उनले ५० विकेट पूरा गरेका छन् ।

नेपाली खेलाडीका रुपमा विश्वभरका लगभग सबै फ्रेन्चाइज प्रतियोगिता खेलेका सन्दीपले टी–२० क्रिकेटमा १५४ विकेट लिइसकेका छन् भने एकदिवशीय अन्तर्राष्ट्रियमा ४१ विकेट लिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja