गण्डकीमा थप१३८ जनामा कोरोना संक्रमण, २ को मृत्यु 



पोखरा

पछिल्लो २४ घण्टामा गण्डकीका थप १३८ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ४०७ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

बिहीबार संक्रमण पुष्टि हुनेमा गण्डकीका ८ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ३७ जना, तनहुँका ३ जना, लमजुङका ४६ जना र नवलपुरका ३ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै स्याङ्गजाका २३ जना, पर्वतका १५ जना, बाग्लुङका ४ जना र म्याग्दी जिल्लाका ७ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयले जनाएको छ। आज संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १ लाख १२४० पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा गण्डकीबाट ४२५ संक्रमणमुक्त भएका छन् । योसँगै, प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ९७ हजार ६८९ पुगेको छ। भने, अहिले प्रदेशभर २ हजार ९३ सक्रिय संक्रमित छन् ।

बिहीबार पनि गण्डकीमा थप २ जनाको मृत्यु पुष्टि भएको छ। मृत्यु हुनेमा स्याङ्गजा जिल्ला कालिगण्डकी गाउँपालिका -५ निवासी ६९ वर्षीय वृद्ध र बाग्लुङ्ग जिल्ला काठेखोला गाउँपालिका -२ निवासी ७१ वर्षीय वृद्ध छन् । योसँगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १४५८ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja