अमेजनले ६० करोडमा किन्यो विजय देवरकोन्डाको नयाँ फिल्म ‘लाइगर’



पोखरा

साउथ सुपरस्टार विजय देवरकोन्डाको नयाँ फिल्म ‘लाइगर’लाई लिएर दर्शकमाझ छुट्टै किसिमको उत्साह छ । यही फिल्मबाट विजयले बलिउडमा पाइला चाल्दैछन् । विजयलाई हिन्दी दर्शकले फिल्म ‘अर्जुन रेड्डी’का कारण चिन्दछन् । जुन फिल्म बक्सअफिसमा सुपरहिट साबित भएको थियो ।

फिल्म ‘लाइगर’ मा विजयसँगै अभिनेत्री अनन्या पाण्डेको अभिनय छ । फिल्मको सेटबाट केही समयअघि दुवैको तस्बिर बाहिर आएको थियो । जसमा दुवैजना स्टन्ट गरिरहेको देख्न सकिन्थ्यो ।

फिल्ममा विजय र अनन्याका अलावा माइक टाइसन पनि देखिँदैहुनुहुन्छ। माइकले केही दिनअघि फिल्मको सुटिङ पूरा गर्नुभएकाे थियाे । फिल्ममा माइकको स्पेसल केमियो हुनेछ । फिल्ममा विजयले माइकबाट प्रभावित बक्सरको भूमिका निभाउँदै हुनुहुन्छ ।

हालैमात्र फिल्मका निर्माताले फिल्मको डिजिटल राइट अमेजन प्राइम भिडियोलाई बेचेका हुन् । उनीहरूले ६० करोड रुपैंयाँमा फिल्म बिक्री गरेका हुन् । फिल्मका निर्माताहरूले ८० करोड माग गरे पनि अमेजन भने ६० करोडबाट अगाडि बढ्न चाहेन । यो फिल्म पहिला थिएटरमा रिलिज हुनेछ । त्यसपछि मात्र निर्माताले यसलाई ओटीटीमा रिलिज गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja