महाभारतमा भीम को भूमिका निभाएका अभिनेता प्रवीण कुमारको निधन



पोखरा

भारतको दूरदर्शन च्यानलमा बीआर चोपडाको चर्चित धारावाहिक महाभारतमा ‘भीम’ को भूमिका निभाएका अभिनेता प्रवीण कुमार सोबतीको निधन भएको छ ।उनको ७४ वर्षको उमेरमा मंगलबार निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।प्रवीण लामो समयदेखि बिरामी थिए । उनी लामो समयदेखि रोग र आर्थिक संकटसँग जुधिरहेका थिए ।

महाभारत धारावाहिकका साथै उनले अन्य थुप्रै धारावाहिक र बलिउड फिल्ममा पनि अभिनय गरेका थिए । ५० भन्दा बढी चलचित्रमा काम गरेका अभिनेता प्रवीणको अन्तिम चलचित्र सन् २०१३ मा रिलिज भएको थियो । उनको पछिल्लो चलचित्र ‘महाभारत और बर्बर’ रिलिज भएको थियो ।

फिल्ममा काम गर्नु अघि प्रविण कुमार एक खेलाडीसमेत थिए । खेलकुदमा समेत नाम कमाएका प्रवीण कुमारले एशियन गेम र ओलम्पिकमा पनि प्रदर्शन गरेर लोकप्रिय भएका थिए । उनले हङकङमा भएको एसियाली खेलकुदमा भारतका लागि स्वर्ण पदक जितेका थिए । उनले दुई पटक ओलम्पिकमा पनि देशको प्रतिनिधित्व गरेका थिए । उनले सन् १९६० र ७० को दशकमा एथलेटिक्समा पनि निकै लोकप्रियता हासिल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja