आँबुखैरेनीबाट लागु औषधसहित दुई जना पक्राउ



पोखरा

अवैध लागु औषधसहित तनहुँ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

जिल्लाको आँबुखैरेनी गाउँपालिका वडा नं -४ बेनिटारस्थित सडकमा चेक जाँचमा खटिएको प्रहरीको टोलीले प्र.३-०१-००१ प १६३१ नम्बरको बसबाट अवैध लागु औषधसहित दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा म्याग्दी जिल्ला अन्नपूर्ण गाउँपालिका-९ बस्ने १९ वर्षीय रन्जन अली र बेनी नगरपालिका-५ बस्ने २२ वर्षीय शिशिर बोहोरा छन्।

प्रहरीले उनीहरुको साथबाट नुर्फिन २५ एम्पुल, डाईजेपाम २५ एम्पुल र फेनारगन २५ एम्पुल गरी जम्मा ७५ एम्पुल लागु औषध वरामद गरेको छ भने उनीहरुमाथि लागु औषध मुद्धामा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja