गण्डकीमा थप १४८ जनामा कोरोना संक्रमण, ४ को मृत्यु पुष्टि



पोखरा

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ४५२ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

मंगलबार संक्रमण पुष्टि हुनेमा गण्डकीका ११ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ७५ जना, तनहुँका १४ जना, गोरखाका ३ जना,  लमजुङका ६ जना र नवलपुरका ५ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै स्याङ्गजाका २२ जना, पर्वतका ५ जना, बाग्लुङका ६ जना, म्याग्दीका १० जना, मुस्ताङका एक जना र मनाङ जिल्लाका एक जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयले जनाएको छ। आज संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १ लाख ९४६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा गण्डकीबाट ५१६ जना संक्रमणमुक्त भएका छन् । योसँगै, प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ९७ हजार एक पुगेको छ। भने, अहिले प्रदेशभर २ हजार ४९३ सक्रिय संक्रमित छन् ।

मंगलबार पनि गण्डकीमा थप ४ जनाको मृत्यु पुष्टि भएको छ। मृत्यु हुनेमा म्याग्दी जिल्ला अन्नपूर्ण गाउँपालिका -७ निवासी ६० वर्षीया महिला, पर्वत जिल्ला कुश्मा नगरपालिका -२ निवासी ७० वर्षीय वृद्ध, तनहुँ जिल्ला भिमाद नगरपालिका -५ निवासी ९० वर्षीय वृद्ध र स्याङ्गजा जिल्ला पुतलीबजार नगरपालिका -२ निवासी ६४ वर्षीय पुरुष छन्। योसँगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १४५२ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja