लमजुङमा पुनः हिमपात, जनजीवन कष्टकर



पोखरा

लमजुङको उच्च पहाडी भेगमा पुनः हिमपात भएको छ । भारी हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ । लमजुङको क्व्होलासोंथर गाउँपालिका–३ मा रहेको स्मार्ट भिलेज घले गाउँमा बिहीबार साझदेखि भारी हिमपात भएको हो ।

हिमपातका कारण घरबाट बाहिर निस्कन समेत कठिन भएको छ । घलेगाउँसँगै घनपोखरा, नायुमा पनि हिमपात भएको घलेगाउँकी काशी घलेले बताइन् ।

यस्तै लमजुङको बेसीशहर नगरपालिका–१० कल्मेडाँडास्थित पर्यटकीय ठाउँ पिसहिल स्टेसनमा पनि बाक्लो हिमपात भएको छ । कल्मे डाँडामा पनि बिहीबार रातिबाट हिमपात भएको पिसहिलका व्यवस्थापक होमलाल तामाङले बताए ।

घलेगाउँ, पिसहिलसहित मर्स्याङ्दी गाउँपालिकाको हर्सिङडाँडा, सिउरुङ, कालाघिरिङ पुर्वीभेगका दुधपोखरी, बराहपोखरी, मेमेपोखरी लगायतका उच्च पहाडी भेगमा बिहीबार दिउँसोदेखि हिमपात भएको छ । हिमपातले जनजीवन प्रभावित भएको घनपोखराका कमला गुरुङले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja