गण्डकीका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना



पोखरा

आज शुक्रबार गण्डकी तथा लुम्बिनीका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

काठमाडाैं उपत्यकासहित देशभर पनि वर्षा भएकाे छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुँदा बिहानै मुलुकका धेरै स्थानमा मेघगर्जन, चटयाङसहित वर्षा भइरहेको छ । काठमाडाैंमा पनि राति वर्षा भएकाे थियाे ।

गण्डकी तथा लुम्बिनीका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हिमपातको सम्भावना पनि रहेकाे महाशाखाले जानकारी दिएकाे छ । राति प्रदेश १, मधेस, बागमती र गण्डकीका केही स्थानमा वर्षाको सम्भावना रहेको देखिन्छ साथै सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।

शनिबार प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja