कास्कीका संयुक्त जवसद्वारा पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्ध बिरोध



पोखरा

नेपाल कम्युनिस्ट पार्टी कास्कीका संयुक्त जवसद्वारा पेट्रोलियम पदार्थमा गरीएको मुल्यवृद्धिको बिरोध गर्दै पोखरा महानगरपालिका पावर हाउस नजिक रहेको नेपाल आयल निगमको गण्डकी प्रादेशिक कार्यालय घेराउ गर्दै बिरोध प्रदर्शन गरेको छ । संयुक्त जवसको केन्द्रिय कार्यक्रम अनुसार आज बिहान पानीमा रुझ्दै नारावाजी गरेर बिरोध प्रदर्शन गरेका हुन् ।

जनताको आधारभुत विषयहरुमा जिम्मेवार बन्नुको सट्टा सरकारले जनताको ढाड सेक्ने गरी मंगलबार राती १२ बजेदेखि लागु हुने गरी साविकको विक्री मुल्यमा पेट्रोल र डिजल प्रतिलिटर रु. ३ बढाएर अब पेट्रोलको प्रतिलिटर रु. १४२ र मट्टीतेलको प्रतिलिटर रु. १२५ कायम गरेको छ भने आन्तरिक हवाई इन्धनमा प्रतिलिटर रु. १० बढाएको छ ।

नेकपा कास्की अन्तर्गतका बिभिन्न जनवर्गिय संगठनहरुको उपस्थितिमा आयल निगमको कार्यलय घेराउ साथै बिरोध प्रदर्शन गरेका थिए । उक्त मुल्यबृद्धि विरुद्ध नेकपा निकट जनवर्गीय संगठनहरुले संयुक्त रुपमा संघर्षका कार्यक्रम घोषणा गरेका हुन् ।

संघर्षको कार्यक्रम अन्तरगत माघ २० गते दिनको ३ बजे देशब्यापी कोणसभा गर्ने, माघ २१ गते बिहान १० देखि ११ बजेसम्म देशव्यापी आयल , कार्यालय र डिपोहरु घेराउ गर्ने, माघ २२ गते देशब्यापी प्रचार प्रसार गर्ने, माघ २३ गते विहान १० देखि ११ बजेसम्म १ घण्टा देशव्यापी चक्काजाम गर्ने, माघ २४ गते देशव्यापी अन्तरक्रिया कार्यक्रम गर्ने र माघ २६ गते देशव्यापी विरोध प्रदर्शन गर्ने लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja