मोटरसाइकल चोरीमा संलग्न दुई जना पक्राउ



पोखरा

राजधानीमा मोटरसाइकल चोरी गरी नक्कली नम्बर प्लेट राखेर चलाइरहेको अवस्थामा दुई जना पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको ट्राफिक प्रहरीको टोलीले गोकर्णेश्वर र ललितपुरको सानेपाबाट २ वटा मोटरसाइकलसहित २ जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर घर भई हाल चाबहिल बस्ने २३ वर्षीय सौरभ महतरा र सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका बस्ने १८ वर्षीय समिर तामाङ् रहेको ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले जानकारी दिए ।

तामाङ्ले वास्तविक नम्बर बा. प्र. ०२, ०२९ प ५२०९ भएको मोटरसाइकलमा बा. प्र. ०२, ०२५ प १३१८ नक्कली नम्बर प्लेट राखेका थिए । त्यस्तै, बा. ९८ प ७९६१ नम्बरको मोटरसाइकलसहित पक्राउ परेका महतराले बा. ९९ प ४८८२ नम्बरको मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गरी प्रयोग गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja