नक्कली पीसीआर रिपोर्ट बनाउने कान्तिपुर र नागरिक अस्पतालका कर्मचारी पक्राउ



पोखरा

नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा काठमाडौंको तीनकुनेस्थित कान्तिपुर अस्पताल र भक्तपुरको गठ्ठाघरको नागरिक कम्युनिटी टिचिङ हस्पिटलमा कार्यरत कर्मचारीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई मंगलबार पक्राउ गरेको महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए । पक्राउ पर्नेमा बिचौलियासमेत छन् ।

प्रवक्ता कोइरालाका अनुसार नागरिक कम्युनिटी टिचिङ अस्पतालका कर्मचारी रोशनकुमार छिट्टान, ल्याब म्यानेजर प्रशन्नकुमार झा र ल्याब सञ्चालक भावेश मिश्र पक्राउ परेका हुन् । छिट्टानको साथबाट प्रहरीले ८ थान नक्कली पीसीआर परीक्षण रिपोर्ट प्रहरीले बरामद गरेको छ ।

कान्तिपुर अस्पतालबाट कर्मचारी नागेन्द्रकुमार यादव, माधव मैनाली र ल्याब सञ्चालक निर्मल गिरी पक्राउ परेका छन् । यादवको साथबाट प्रहरीले १७ थान नक्कली पीसीआर रिपोर्ट बरामद गरेको छ ।

पीसीआर परीक्षण नै नगरी नेगेटिभ रिपोर्ट दिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रवक्ता कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja