ट्रयाक्टरले किचिएर एक बालकको मृत्यु



पोखरा

खोटाङको रावाबेंसी–चिण्डेश्वरा सडकखण्डमा ट्रयाक्टरले किचिएर एक बालकको मृत्यु भएको छ ।

रावाबेंसी गाउँपालिका–५ दुबेकोलस्थित भदौरेबाट चिण्डेश्वरातर्फ जाँदै गरेको ट्रयाक्टरले किचिएर स्थानीय मजदुर १३ वर्षीय रोशन विकको मृत्यु भएको हो ।

प्रदेश–२–०३–००१ त ३२९४ नम्बरको ट्रयाक्टरमा सवार विक खस्दा सोही ट्रयाक्टरले किचिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सागर शाहले जानकारी दिए । बालक सोही ट्रयाक्टरका लागि मजदुरी गर्दै आएका थिए ।

चालक रावाबेँसी गाउँपालिका–३ लामीडाँडाका २१ वर्षीय रोशन भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja