प्रधानमन्त्री देउवा: जेठ ४ मै स्थानीय तहको निर्वाचन हुन्छ



पोखरा

प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी ४ जेठमा स्थानीय तहको निर्वाचन हुने बताएका छन् ।

निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल ५ जेठसम्म मात्र रहने र त्यसअघि नै निर्वाचन गर्नुपर्ने भन्दै सरकारलाई ताकेता गर्दै आइरहेको छ ।

सत्तारुढ गठबन्धनबीच जेठमै स्थानीय तहको निर्वाचन गर्ने र त्यसका लागि संविधानसँग बाझिएका ऐन कानुन संशोधन गर्ने निर्णय गरे पनि कहिले निर्वाचन गर्ने भन्ने टुंगो लागिसकेको छैन ।

तर, कांग्रेस सभापतिसमेत रहेका देउवाले पार्टीका नेताहरूसँगको भेटमा ४ जेठमै निर्वाचन हुने जानकारी दिएका हुन् ।

नेपाली कांग्रेस बागमती प्रदेशका प्रतिनिधिहरूसँग सोमबार साँझ बालुवाटारमा भेटघाटको क्रममा प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन ४ जेठमा गर्ने जानकारी गराएका हुन् ।

‘प्रधानमन्त्रीज्यूले ४ जेठमै एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने जानकारी दिँदै तयार भएर लाग्न निर्देशन दिनुभएको छ,’ कांग्रेस बागमती प्रदेश समितिका एक नेताले भने । सरकारले स्थानीय तहको निर्वाचनको मितिबारे मंगलबार निर्वाचन आयोगसँग छलफल गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja