फेरि देखियो बर्डफ्लुको संक्रमण



पोखरा

नेपालमा फेरि बर्डफ्लुको संक्रमण देखिएको छ ।

पशु सेवा विभागका अनुसार मोरङको ग्रामथान–१, खुनियाकट्टा र बूढीगंगाका कृषकले पालेका कुखुरामा बर्डफ्लु रोग (एच फाइभ एन वान, एच फाइभ एन वान) पुष्टि भएको छ । सो क्षेत्रमा बर्डफ्लु देखिएको र गत शुक्रबार र शनिबार १६ सय ५० लेयर्स कुखुरा, ५० परेवा, ४२ सय अण्डा ११५० केजी दाना र ४ हजार अण्डा सुरक्षित तरिकाले नष्ट गरिएको विभागले जनाएको छ ।

रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिई तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायहरूलाई परिचालन गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja