पोखरामा १ किलो सुनसहित एक युवक पक्राउ



पोखरा

प्रहरीले एक किलो आठ ग्राम सुनसहित पोखरा १५ राम बजार बस्ने २५ वर्षीय रेशम सुनारलाई पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।

काठमाण्डौबाट पोखरातर्फ आउँदै गरेको हाइसमा चेकजाँच गर्ने क्रममा सुनारको साथमा अवैध सुन भेटिएको हो । पोखरा महानगरपालिका ३० पावरहाउसमा चेकजाँचका क्रममा गए राति १० बजे विभिन्न बैकका ३ थान चेक बुक र सुनसहित उनी पक्राउ परेको तिवारीले जानकारी दिए ।

सुनारको साथमा फेला परेको बिस्कुट आकारको गालेको अवस्थाको पहेँलो धातुलाई पोखरा र काठमाण्डौमा परीक्षण गराउँदा सुन नै रहेको प्रमाणित भएको उनले बताए । पक्राउ परेका सुनारलाई थप अनुसन्धानको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja