मेडिकल कलेजका सञ्चालकलाई पक्राउ गर्न सात विद्यार्थी संगठनको माग



facebook sharing button

चिकित्सा शिक्षा अध्यापन गराउने तीन कलेजले मापदण्डविपरीत बढी शुल्क लिएकोप्रति आपत्ति जनाउँदै विभिन्न सात विद्यार्थी संगठनले गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

काठमाडौं मेडिकल कलेज सिनामंगल, नोबेल मेडिकल कलेज मोरङ र मणिपाल मेडिकल कलेज कास्कीले बढी शुल्क लिएको र नोवेल मेडिकल कलेजले धम्कीपूर्ण शैलीमा शुल्क असुलेको भन्दै उनीहरूले संयुक्तरूपमा विज्ञप्ति निकाल्दै आपत्ति जनाएका हुन् ।

सात विद्यार्थी संगठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कलेज सञ्चालकलाज्ञ तत्काल पक्राउ गरी कानूनी कारवाही गर्न । कलेजमाथि छानबिन गर्न र विद्यार्थीलाई सुरक्षाको प्रत्याभूति दिलाउने ।’

नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अखिल क्रान्तिकारीलगायत विद्यार्थी संगठनद्वारा जारी विज्ञप्तिमा सुरक्षा गार्डको भेषमा कलेजले गुण्डा राखी विद्यार्थीमाथि ढुङ‍गामुढा गरेको आरोपसमेत लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja