कोरोनाको चौथो लहर टरेको भन्दै दक्षिण अफ्रिकाले हटायो रात्रिकालीन कर्फ्यु



कोरोना महामारीको जोखिमका बीच दक्षिण अफ्रिकाले रात्रिकालीन कर्फ्यु हटाएको छ ।बीच दक्षिण अफ्रिकाले रात्रिकालीन कर्फ्यु हटाएको छ ।

देशमा कोरोना महामारीको चौथो लहरको उच्चतम अवस्था सम्भवत अब टरेको विश्लेषण गर्दै रात्रिकालीन कर्फ्यू हटाइएको बीबीसीले जनाएको छ ।

दक्षिण अफ्रिकी सरकारका अनुसार कोरोनाको ओमिक्रोन भेरियन्ट बढी संक्रामक हुँदाहुँदै पनि बिरामीहरु अस्पतालमा भर्ना हुने दर कम छ । साथै मृत्युका घटना पनि नगण्य छन् ।

कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट सबैभन्दा पहिले दक्षिण अफ्रिकामा भेटिएको पुष्टि भएको थियो । यो भेरियन्ट अरुभन्दा बढी संक्रामक रहेको भनिएको थियो । त्यसैले ओमिक्रोन भेरियन्ट पुष्टि भएका अन्य देशहरुले पनि स्वास्थ्य सुरक्षासम्बन्धी नियमहरु कडाइका साथ पालना गर्न सुरु गरेका थिए । विश्व स्वास्थ्य संगठनले त अझै पनि ओमिक्रोन ‘भेरियन्ट’को संक्रमणको सुनामी आउनसक्ने चेतावनी नै जारी गरेको छ ।

तर दक्षिण अफ्रिकाको विशेष मन्त्रिपरिषद बैठकले भने बिहीबार केही नियमहरु खुकुलो बनाउने निर्णय गरेको छ ।b

दक्षिण अफ्रिकामा २५ डिसेम्बरसम्म कोरोनाका ८९ हजार ७८१ नयाँ संक्रमित फेला परेका छन् । त्यसको एक हप्ता अगाडि यो संख्या १ लाख २७ हजार ७५३ थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja