कास्कीको नौडाँडामा सवारी दुर्घटना हुँदा दुई जनाको



पोखरा

कास्कीका गएराति सवारी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा भएका कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. १ नौडाँडाका २८ वर्षीय सुनिल केसी र सोही ठाउँका ३० वर्षीय कृष्ण सुवेदी रहेका छन् । 

कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित नौडाँडाबाट काँडेतर्फ जाँदै गरेको ग२१प ४४६० नम्बरको स्कूटर उक्त स्थानमा रोकेर राखेको सवारी साधन बोक्ने ट्रेलरमा ठोक्किँदा दुर्घटना भएको कास्की प्रहरीले जनाएको छ ।

कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीका अनुसार गएराति ११ः५५ बजे सो दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उपचारकाम लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याइएकोमा चिकित्सकले चेकजाँचका क्रममा मृत घोषणा गरेको डिएसपी तिवारीले बताए ।मृतकको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja