कक्षा १२ को पछि परीक्षा दिने परीक्षार्थीको नतिजा सार्वजनिक
पोखरा
कोरोना संक्रमणका कारण पछि परीक्षा दिने कक्षा १२ को परीक्षार्थीको नतिजा सार्वजनिक भएको छ।राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले आज मंगलबार नतिजा सार्वजनिक गरेको हो ।
कोरोना संक्रमणका कारण भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालित परीक्षामा सहभागी हुन नपाएकाहरुलाई मंसिर १६ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरिएको थियो । कोरोना संक्रमणका कारण नियमित परीक्षा गुमाएका ३७ जना परीक्षार्थीले पछि परीक्षा दिएका थिए।