घान्द्रुक दुर्घट्ना हुँदा मृत्यू भएका ८ जनाकै सनाखत,
पोखरा
कास्कीको घान्द्रुकमा दुर्घटना हुँदा मृत्यू भएका सबै जनाको सनाखत भएको छ । कास्की जिल्लाको घान्द्रुकमा आज भएको दुर्घटनामा मृत्यू भएका ८ जनाकै सनाखत भएको हो ।
पोखराबाट घान्द्रुक जाँदै गरेको ग.१ ज.६९०० नम्बरको जीप दुर्घटनामा परेर कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका वडा नम्बर ५ का जीप चालक ४२ वर्षिय खुसीमान क्षेत्री, काठमाडौं महानगरपालिका वडा नम्बर ३ गोंगबु घर भई पोखरा घुम्न आएका १८ वर्षिय जिनलव घिसिङ, सोहि ठाउँका २४ वर्षिया सुजा चौधरी, २० वर्षिया लिजा चौधरी, २० वर्षिय सुमन चौधरी, २२ वर्षिय अछुतम काफ्ले, १८ वर्षिय आशिष आले र गोरखा जिल्ला घर भई हाल काठमाडौंकै गोंगबुमा बस्दै आएका २७ वर्षिय विनय क्षेत्रीको मृत्यू भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा परेर एक जना घाईते भएका छन् । घाईते भएकाहरुलाई उपचारका लागि पोखरा ल्याइएको प्रहरीले जनाएको छ ।
चालकसहित ९ जना सवार जीप घान्द्रुक भन्दा केहि ओर कच्ची सडक खण्डको कलडाँडा भीरको घुम्तीबाट करीब २ सय मिटर तल खसेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जनाएका छन् । उनका अनुसार भीरबाट जीप आफै अनियन्त्रित भएर खसेको हो ।घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ ।