प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा गण्डकीलाई साक्षर प्रदेश घोषणा



पोखरा

प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा आइतबार पोखरामा विशेष समारोहका साथ गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको छ ।

गण्डकीका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्रीसमेत रहेका घोषणा मूल समारोह समितिका संयोजक मेखलाल श्रेष्ठले पन्ध्र वर्षदेखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत नागरिक साक्षर भएको क्षेत्र, जिल्ला वा राष्ट्रलाई साक्षर घोषणा गर्न सकिने नीतिअनुसार घोषणा गरिएको बताउनुभयो । गण्डकी प्रदेशको औसत साक्षर प्रतिशत ९६ दशमलव ५७ प्रतिशत रहेको उहाले बताउनुभयो ।

‘शैक्षिक व्यवस्थामा समायानुकुल सुधार गर्ने, शिक्षालाई अनिवार्य निःशुल्क गर्दै लैजाने नीति पनि लिएर आएको छ । नेपालको संविधानमा शिक्षालाई मौलिक हकका रुपमा राखिएको छ । राष्ट्रिय अन्तर्राष्ट्रिय मञ्चहरुमा सार्वजनिक प्रतिवद्धता जाहेर गरिएको छ।’ उहाले भन्नुभयो ।

शिक्षा नागरिकको मौलिक हक भएको भन्दै नागरिकलाई हक दिने काम सरकारको दायित्व भएको उहाको भनाई थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गण्डकी प्रदेश साक्षर घोषणा भएपछि अरु प्रदेशका सरकारलाई पनि साक्षर घोषणा गर्न प्रेरणा मिल्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja