जापानमा ६.१ म्याग्नीच्युडको भूकम्प
पोखरा
जापानमा बिहीबार शक्तिशाली भूकम्प गएको छ ।
देशको चिबा क्षेत्र केन्द्रविन्दु भएर ६.१ म्याग्नीच्युडको भूकम्प गएको जापानको भूगर्भ विभागले जनाएको छ ।
स्थानीय समयअनुसार बिहीबार बेलुका १०.४१ बजे भूकम्प गएको बताइएको छ ।
भूकम्पको महसुस धेरै क्षेत्रमा गरिएको थियो । भूकम्पबाट कुनै मानवीय तथा भौतिक क्षति भएको विवरण प्राप्त भइसकेको छैन ।
भूकम्पपछि कुनै आँधीको सम्भावना पनि नदेखिएको भूगर्भ विभागका अधिकारीहरूले जनाएको छ ।