ईपीएल क्रिकेट : पोखरा राइनोज फाइनलमा प्रवेश



पोखरा

चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट अन्तर्गत आजको खेलमा जित हात पार्दै पोखरा राइनोज फाइनलमा प्रवेश गरेको छ ।

टियु क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडियसर्टलाई ७ विकेटले पराजित गर्दै पोखरा फाइनलमा पुगेको हो । अब उपाधिका लागि पोखराले चितव टाइगर्सको सामना गर्ने भएको हो ।

आजको खेलमा भैरहवाले दिएको १ सय २० रनको लक्ष्य पोखराले १८ ओभर २ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो । पोखराको जितमा सहन अर्चाचिगेले अविजित रहदै ५३ रनको अर्धशतकीय इनिङ्स खेले । भैरहवाका भुवन कार्कीले २ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले २० ओभरमा ६ विकेट गुमाएर १ सय १९ रन बनाएको थियो । भैरहवाका लागि कप्तान शरद भेषवाकरले अविजित रहदै सर्वाधिक ३२ रन बनाएका थिए ।

पहिलो क्वालिफायरमा पोखरा चितवनसँग नै पराजित भएको थियो । चितवन पनि पहिलो पटक फाइनल पुगेको हो । प्रतियोगिताको विजेताले ५० लाख र उपविजेताले १५ लाख पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja