गण्डकीमै पहिलो पटक Iso certified सिभिल ल्याब सन्चालनमा



गण्डकी प्रदेशको राजधानी पोखरामा पहिलो पटक , ISO 9001:2015 Material Testing civil ल्याब संचालन मा आएको छ । अन्नपूर्ण टेक्नो सोलुसन्स प्रा लि . नामक उक्त ल्याब यहि आश्विन १ गते देखि सन्चालन मा आएको हो । उक्त ल्याबमा माटो परिक्षण का साथ साथै निर्माण सामाग्रीमा प्रयोग हुने सम्पुर्ण सामाग्रीहरु जस्तै सिमेन्ट , डन्डी , गिट्टी , बालुवा , इट्टा लगाएतका सामाग्रीको परिक्षण हुने बताइएको छ । गण्डकीको सेरोफेरोमा रहेका केही सिभिल इन्जिनियरहरु मिलेर सन्चालनमा ल्याइएको उक्त ल्याबको मुख्य कार्यलय पोखरा ०८ बगाले टोलमा रहेको छ । कम्पनी रजिस्ट्रार कार्यलय हुदै कर कार्यलयमा दर्ता गरि गुणस्तर तथा नाप तौल बिभाग र पुल्चोक इन्जिनियरिङ्ग क्याम्पस बाट मान्यता प्राप्त गरि उक्त ल्याब सन्चालन मा ल्याइएको सन्चालक इ. बिशाल बरालले बताए । अन्तर्राष्ट्रिय सस्था Iso बाट समेत स्वीकृत लिइ गण्डकी प्रदेशमै पहिलो पटक ल्याब सन्चालनमा ल्याइएको बताइएको छ।
निर्माण सामाग्री हुने कम गुणस्तर युक्त सामानको प्रयोगका कारणले विभिन्न ठाउँमा समस्या आइरहेकाले उक्त समस्यालाई न्यूनीकरण गरि ग्राहकलाई सस्तो र गुणस्तरीय सेवा दिन ल्याब सन्चालनमा ल्याइएको संचालक इ. निरोज लामिछानेले बताएका छन ।गण्डकीको सेरोफेरोमा रहेर तत्कालाई गण्डकीको राजधानी पोखरा बाटै सेवा दिने र निकट भविस्यमा गण्डकी प्रदेश अन्य जिल्लामा समेत साखा संचालन मा ल्याउने गरि तयारी भैरहेको छ उनले भने। आम सर्व साधारणले पनि आफ्ना निजि निवास एबम विभिन्न सम्रचना निर्माण गर्दा निर्माण सामाग्री को गुणस्तर तिर खासै चासो नदिने र सरोकार निकायबाट पनि यस बिषय लाई खासै महत्त्व नदिने हो भने नेपाल जस्तो भुकम्प जोखिम क्षेत्रमा यसले नकारात्मक असर पार्ने भन्दै , आम सर्वसाधारण माझ यो बिषयललाइ बुझाउनु पर्ने कुरा औल्याएका छन ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja