सवारी चेकजाँचका क्रममा पोखरामा लागु औषध गाँजासहित ३ जना पक्राउ
पोखरा
पोखरामा ३ किलो २०० ग्राम गाँजासहित एक युवक पक्राउ परेका छन्।
शनिबार राति ९:२५ बजेको समयमा पोखरा महानगरपालिका वडा नं -३० गगनगौंडा स्थित पावरहाउसमा सवारी चेकजाँचका क्रममा धादिङ जिल्ला खनियाबास गाउँपालिका वडा न -४ स्थायी घर भइ हाल पोखरा -६ लेकसाईड बस्दै आएका २० वर्षीय करन तामाङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
यस्तै, शनिबार नै सोही स्थानबाट गाँजासहित दुई युवक पक्राउ परेका छन्।
शनिबार राति अन्दाजी ७ :२० बजेको समयमा प्रहरीले गरेको सवारी चेकजाँचका क्रममा १ किलो ५०० ग्राम गाँजासहित दुई युवक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका – ३२ बेगनासताल बस्ने २० वर्षीय सरोज राना र सोही ठेगाना भएका १९ वर्षीय सुजन नेपाली रहेका छन्।
प्रहरीका अनुसार जिल्लामा लागु औषधको कारोवार भइरहेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय शिसुवा र वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीको टोलीले उक्त परिमाणमा गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत कास्कीबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।