भारतमा यात्रुबाहक डुँगा पल्टिँदा एक जनाको मृत्यु, ३० जना बेपत्ता
पोखरा
भारतमा यात्रुबाहक डुँगा पल्टिँदा कम्तिमा एक जनाको मृत्युको छ भने ३० जना बेपत्ता भएका छन् ।
आसामको जोरहाट नजिकै ब्रह्मपुत्र नदीमा १२० जना बोकेको डुँगा अर्को डुँगासँग ठोक्किएर दुर्घटना भएको हो ।
४२ जनालाई सकुशल उद्धार गरिएको र केही नदीमा डुबेको भारतीय अधिकारीहरुले जनाएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दूर्घटनामा परेकाहरुको उद्धार र हराईरहेकाहरुको खोजी तीव्र गतिमा भईरहेको जनाएका छन् ।