बागलुङको लोकल कुखुरा फार्ममा चितुवा पस्दा २५ हजार बराबरको क्षति
पोखरा
बागलुङ जिल्लाको बागलुङ नगरपालिका वडा नं. ३ माछापोखरीमा रातको समयमा कुखरा फार्ममा चितुवा पसेको छ ।
गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार स्थानीय पारस केसीले संचालन गर्दै आएको लोकल कुखुरा फार्ममा चितुवा पस्दा पाँच लाख २५ हजार बराबरको क्षति भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
गए राति फार्ममा चितुवा पसेर ३५० बटा घाँटी खुईले, जुरेली, लुइचे, कडकनाथ जातका कुखुरा मारेको प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर केसीले जानकारी दिए ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।