सुर्खेतमा १६ वर्षीया किशोरीको बलात्कार, ९ जना पक्राउ



पोखरा

१६ वर्षीया किशोरी बलात्कारको आरोपमा सुर्खेतमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार इलाका प्रहरी बाबियाचौरले उनीहरुलाई पक्राउ गरेको हो ।

सुर्खेतका प्रहरी उपरीक्षक पदमबहादुर विष्टले पक्राउ पर्नेमा पर्नेहरुमा बस काउण्टरमा काम गर्नेदेखि ड्राइभरसम्म रहेको जानकारी दिए ।

पक्राउ पर्नेमा पञ्चपुरीका डम्बर वादी, गणेश वादी, युवराज शाही, शोभा शाही, बाबुराम पुरी, प्रेम बुढाथोकी, शेरबहादुर सार्की, ओम दर्लामी र प्रेमबहादुर शाही रहेका छन् ।

प्रहरीले जिल्ला अदालतबाट म्याद थप गरी उनीहरुमाथि अनुसन्धान भइरहेको विष्टले जानकारी दिए ।

चौकुने गाउँपालिका घर भइ पञ्चपुरी नगरपालिकामा बस्दै आएकी ती किशोरीले पटक–पटक विभिन्न व्यक्तिबाट आफूमाथि बलात्कार भएको भन्दै इलाका प्रहरी कार्यालय बाबियाचौरमा उजुरी दिएकी थिइन् ।

किशोरीले आफूलाई चकलेट, बिस्कुट, चाउचाउ र पैसा दिन्छु भन्दै फकाएको उजुरीमा उल्लेख गरेकी छन्।

प्रहरीका अनुसार बलात्कृत किशोरीको पेटमा गर्भ समेत रहेको छ। प्रहरीले अभियुक्तहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja