इन्गेजमेन्ट भएको खबरले बलिउड अभिनेत्री कटरीना र विक्कीबीच खटपट



पोखरा

बलिउड अभिनेत्री कटरीना कैफ र उनका कथित प्रेमी विक्की कौशलको इन्गेजमेन्ट भएको खबरले केही समय अघि बलिउड बजार तातेको थियो । यद्यपि यो कुराको दुवैजनाले पुष्टि गरेनन् ।

यहीबीचमा उनीहरुबीचमा खटपट भएको नयाँ खबर बाहिर आएको छ । कटरीना फिल्म ‘टाइगर ३’को सुटिङका लागि विदेश उड्नुअघि दुवै पक्षबीच खटपट भएको खबर बाहिर आएको हो ।

‘विक्की र कटरीना दुवैजना इन्गेजमेन्टको खबरले चिन्तित थिए । उनीहरु दुवैलाई कसको पीआर टिमले गलत खबर बाहिर ल्यायो भन्नेमा चिन्ता छ । यही खबरका कारण उनीहरुबीच निकै खटपट भएको छ । उनीहरुको हातमा धेरै फिल्म भएकाले उनीहरु फिल्मको कुराहरु मिडियामा आओस् भन्न चाहन्छन्’, उनीहरु निकट स्रोतले भनेको छ ।

कटरीना गत साता सलमान खानसँग फिल्म ‘टाइगर ३’को सुटिङका लागि विदेश गएकी थिइन् । यशराज ब्यानरमा बन्ने यो फिल्म अलग अलग देशमा छायांकन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja