घट्यो सुनचाँदीको मूल्य
पोखरा
नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३ सयले घटेको छ ।
आज छापावाला सुन प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ४ सय रहेको छ ।
चाँदीको मूल्य आज तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला ११८० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।