९ वर्षीया एक बालिका बलात्कृत
पोखरा
मोरङमा ९ वर्षीया एक बालिका बलात्कृत भएकी छिन् ।
प्रहरी चौकी गछीयाबाट खटिएको प्रहरीले ती बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुन्दरहरैचा नगरपालिका– ३ बस्ने २५ वर्षीय हिमाल श्रेष्ठ पक्राउ गरेको छ।
श्रेष्ठले ती बालिकालाई जबरस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गछीयाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।