गगन थापाले मागे धामी घटनामा एसएसबीको संलग्नताबारे गृहमन्त्री खाणसँग जवाफ



पोखरा

गत साउन १५ मा तुइन तर्ने क्रममा दार्चुलास्थित व्यास २ का ३३ वर्षीय धामी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए। एसएसबीले तुइनको डोरी काट्दा उनी महाकालीमा बेपत्ता भएको निवेदन प्रहरीमा परेको छ।

नेपाली कांग्रेसका सांसद गगन थापाले भारतीय सीमा सुरक्षा बल एसएसबीले जयसिंह धामी घटनामा संलग्नता छैन भन्ने जवाफ दिएकोबारे सञ्चार माध्यममा आएका कुराबारे गृहमन्त्री बालकृष्ण खाणबाट जवाफ मागेका छन्।

यसबारे आज प्रतिनिधि सभामा बोलेका थापाले गृहमन्त्री खाणलाई भने, ‘जयसिंह धामीको घटनामा भारतीय पक्षले भारतीय सीमा सुरक्षा बलको कुनै संलग्नता नरहेको जिकीर गर्‍यो भन्ने मिडियामा आएको छ सत्य के हो?’ भारतीय पक्षले आधिकारिक रूपमा आफ्नो संलग्नता नरहेको भनेको हो? यदी यस्तो हो भने छानबिन समितिलाई भारतीय पक्षले कस्तो सहयोग गर्ला?’

उनले १०१२ मा इटलीनमरिनहरूको गोलीले २ जना भारतीय मछुवारको हत्या हुँदा भारतीय सरकार तीन चार वर्षसम्म लगातार लडेको उदाहरण देखाउँदै थापाले भने, ‘जयसिंह धामीको हत्याको सन्दर्भमा सत्यतथ्य बाहिर आइसकेपछाडि नेपाल सरकारले जसरी भारत इटलीसँग लड्यो त्यसैगरी हाम्रो सरकार भारतसँग त्यस्तैगरी जमेर, डटेर लड्छ भन्ने विश्वास गृहमन्त्रीले कसरी दिलाउनुहुन्छ?’

गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले सत्यतथ्य पत्ता लगाएर ल्याउँछ भन्ने कुराको विश्वास गृहमन्त्रीले आफूहरूलाई कसरी दिलाउने भन्ने प्रश्न पनि थापाले राखेका छन्।

setopati

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja