नक्कली पेस्तोल देखाएर धम्क्याएकोमा २ जना पक्राउ



पोखरा

सोमबार प्रहरीका अनुसार कागेश्‍वरी मनोहरा नगरपालिका–७ मूलपानी भैरवचौरस्थित भैरव बचत तथा ऋण सहकारी संस्थामा नक्कली पेस्तोल देखाई धम्की दिएको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा कागेश्‍वरी मनोहरा–८ बस्ने २५ वर्षीय अलबहादुर बम र सोही ठाउँ बस्ने हुम्ला खार्पुनाथ गाउँपालिका–१ का १८ वर्षीय एक किशोर रहेका छन् ।

परिसरका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार गत आइतबार दिउँसो बा६५ प ४०८७ नम्बरको स्कुटरमा आएका व्यक्तिहरूले सहकारीमा पेस्तोल देखाएर धम्की दिएको उजुरीका आधारमा खोजी गर्दै जाँदा उनिहरुलाई पक्राउ गरिएको हो ।

प्रहरीले उनीहरूका साथबाट उटा खेलौना पेस्तोल र स्कुटर बरामद गरेको छ। अहिले उनीहरूमाथि थप अनुसन्धान भइरहेको एसपी बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja