कास्कीको माछापुच्छ्रेबाट गोरु काटेको अभियोगमा ६ जना पक्राउ



पोखरा

कास्कीको माछापुच्छ्रे गाउँपालिकाबाट प्रहरीले गोरु काटेको अभियोगमा कास्कीको माछापुच्छ्रे गाउँपालिकाबाट ६ जनालाई पक्राउ गरेको छ ।

गाउँपालिकाको वडा नम्वर २ भुर्जुङखोला गैह्रा कसेरी भन्ने स्थानमा गोरु काटेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले घटना संलग्न भएको आरोपमा स्थानिय ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पक्राउ पर्नेमा सार्दीखोलाका जितबहादुर तामाङ, कुलबहादुर विश्वकर्मा, अभिनाश तामाङ, अरुण तामाङ, सुकमाला तामाङ र पोखरा–१९ का कुमार श्रेष्ठ छन् ।
प्रहरीले उनीहरुको साथबाट गोरुको टाउको, मासु र मासु काट्न प्रयोग हुने हतियार सहित फेलापारी नियन्त्रणमा लिई पशुपंक्षी सम्बन्धी कसूर अन्तरगत थप अनुसन्धानको कार्य अगाडी बढाएको प्रहरी नायव उपरीक्षक सुवास हमालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja