आज पनि दाहाल-नेपालबीच भेटवार्ता



पोखरा

एमाले अध्यक्ष केपी शर्मा ओलीले आजै नेपालसँग भेटवार्ताको तयारी गरेको बेला त्यसअघि नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधव कुमार नेपालीबीच आज पनि भेटवार्ता भएको छ ।

कोटेश्वरस्थित एक व्यापारीको निवासमा भएको भेटमा दाहालले आज पनि नेता नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेको स्रोतले जनाएको छ ।

तर, पार्टीकै दोस्रो तहका नेताहरुले एकताका लागि दबाब दिएको तथा ओलीसँग भेट हुन लागेकाले त्यसअघि उनले यस विषयमा निर्णय दिएका छैनन् ।

संसद जोगाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै गठबन्धनका नेताहरुले मन्त्रिपरिषद विस्तारमा पनि नेता नेपाललाई पर्खिदै आएका छन् । नेता नेपाल पक्ष सरकारमा सहभागी भए बुधबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ ।

सकेसम्म नेपाल पक्षलाई पनि सरकारमा सहभागी गराएर मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी छ । सुरुका छलफलहरुमा नेपालले सरकारमा सहभागी हुने बचन दिए पनि पछिल्ला दिनहरुमा आन्तरिक एकताको प्रयास भइरहेकाले सरकारमा नजाने बताउने गरेका छन् ।

यसैबीच आन्तरिक एकताको प्रयासमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच भेटवार्ताको तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja