क्रिय संक्रमित बाहेकका खोप लगाउन योग्य सबै नागरिकले लगाए कोरोना खोप
![](https://fra1.digitaloceanspaces.com/appharuspace/pokharaaaja/uploads/2021/08/khop-2-768x476.jpg)
पोखरा
मनाङ जिल्लामा १८ वर्षमाथिका सबै सक्रिय संक्रमित बाहेकका खोप लगाउन योग्य सबै नागरिकले कोरोना विरुद्धको खोप लगाएका छन् ।
स्वास्थ्य कार्यालय, मनाङका अनुसार मनाङका ४ हजार १ सय ९८ जनालाई कोरोना विरुद्धको खोप लगाइएको हो । ङिस्याङ गाउँपालिकामा १ हजार २ सय ९१ जनाले खोप लगाएका छन् ।
यस्तै नार्पाभूमि गाउँपालिकामा ४ सय, सदरमुकाम चामेमा १ हजार ४ सय ३७ र नासोङ गाउँपालिकामा १ हजार ७० जनाले कोरोनाको खोप लगाएका हुन् ।
स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा २ हजार २७ जनाले जोन्सन, ७५ जनाले भेरोसेल र अरुले कोभिसिल्ड खोप लगाएका हुन् ।
स्वास्थ्य कार्यालय, मनाङले जिल्लाका चारवटै स्थानीय तहमा विभिन्न चरणमा खोप अभियान सुरु गरी सबै नागरिकलाई खोप सेवा उपलब्ध गराएको जनाएको छ ।