कास्कीमा थप साउन २७ गतेसम्म निषेधाज्ञा
![](https://fra1.digitaloceanspaces.com/appharuspace/pokharaaaja/uploads/2021/08/nisedhagyaa-768x432.jpg)
पोखरा
कास्की प्रशासनले कोभिड १९ को संक्रमणदर र मृत्युदर बढ्दै गएकाेले यसअघि साउन ३ गते जारी गरिएकाे निषेधाज्ञा आदेशलाई साउन २७ गतेसम्म निरन्तरता दिएकाे जनाएकाे छ । यस अघि स्थिति अपेक्षाकृत नियन्त्रणमा आइनसकेको भन्दै विभिन्न सेवा खुकुलो पारेर निषेधाज्ञाको अवधि साउन २० गतेसम्म थप गरिएकाे थियाे ।
निषेधाज्ञामा कास्की जिल्लामा चल्ने निजी तथा सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली हटाइएको छ भने लामो दुरीका सवारी साधन सम्बन्धित संघ सस्थाको सिफारिशको आधारमा जिल्ला प्रशासन कार्यालयसंग समन्वय गरि संचालन गर्न पाइनेछ ।
![](https://www.pokharanews.com/wp-content/uploads/2021/08/kaski-lockdown-868x1024.jpg)
यस्ताे छ साउन ३ गतेकाे आदेशः
![](https://www.pokharanews.com/wp-content/uploads/2021/08/kaski-lockdown-sawan-3-1-724x1024.jpg)
![](https://www.pokharanews.com/wp-content/uploads/2021/08/kaski-lockdow-sawan-3-724x1024.jpg)