पछिल्लो २४ घण्टामा ३ हजार १२५ कोरोना संक्रमित थपिए, २३ को मृत्यु
![](https://fra1.digitaloceanspaces.com/appharuspace/pokharaaaja/uploads/2021/08/corona_virus_update-1-768x384.jpg)
पोखरा
नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ६१३ जनाको पीसीआर परीक्षणमा २ हजार २७९ र ३ हजार १९८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८४६ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ९२५ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।