सिरहाबाट औषधीजन्य लागुऔषधसहित एक जना पक्राउ



पोखरा

सिरहाको लहान नगरपालिका–१ बाट औषधीजन्य लागुऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा नवराजपुर गाउँपालिका–५ सिरहाका २६ वर्षीय प्रभुनारायण सिंह रहेका छन् ।

सिंहको साथबाट प्रहरीले ४ हजार ७ सय ४० थान नाइट्राभेट ट्याब्लेट, १९४ एम्पुल डाइजेपाम, १९४ एम्पुल फेनारगन, ७ बोतल डाइलेक्स डिसी र नाम लेबल नभएको १९४ एम्पुल लागुऔषध बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी सुवास बुढाथोकीका अनुसार को २६ प १८९ नम्बरको मोटरसाइकलमा सवार सिंहलाई आईतबार राति पक्राउ गरिएको हो ।

अहिले उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja