एसिड प्रहार गरी ३ जनालाई घाइते बनाएकोमा एक जना पक्राउ



पोखरा

एसिड प्रहार गरी तीन जनालाई घाइते बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सुनसरीको बराहक्षेत्र नगरपालिका –३ हर्दियाका ३० वर्षीय रोमन राजधामी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी नरेन्द्रकुमार कार्कीका अनुसार सुनसरीमा तीन जनामाथि एसिड प्रहार गरेर फरार राजधामीलाई काठमाडौँको गौशालाबाट पक्राउ गरिएको हो ।

डीएसपी कार्कीका अनुसार राजधामीकी २८ वर्षीया श्रीमती सरू भन्ने सरस्वती बस्नेतसँग विवाद भएको र विवादका क्रममा राजधामीले श्रीमतीमाथि एसिड प्रहार गर्न खोजेका थिए ।

डीएसपी कार्कीले भने, ‘त्यही क्रममा सरू ज्यान जोगाएर घरबाट भागेर छिमेकीकोमा पुगिन् । राजधामीले पनि उनलाई लखेट्दै त्यहीं पुगे, त्यही क्रममा छिमेकीले छुट्याउँन खोज्दा उनीहरुमाथि समेत एसिड प्रहार गरेर फरार भए ।’

घटनापछि उनी भागेर काठमाडौँ पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja