मनाङका बाढीपीडितलाई ३० लाख बराबरको राहत वितरण



पोखरा

पूर्वमन्त्री एवं नेपाली कांग्रेस मनाङका सभापति टेकबहादुर गुरुङ, सांसद कर्म घले र प्रदेशसभा सदस्य चिन्ताबहादुर घलेले मनाङका बाढीपीडितलाई रु ३० लाख बराबरको राहत उपलब्ध गराएका छन् ।

उनीहरुले मनाङका प्रत्येक घरलाई दाल, चामल, तेल, नुनलगायतका खाद्य सामग्री राहतस्वरुप उपलब्ध गराएका हुन् । उनीहरुले मनाङका चारवटै गाउँपालिकाका लागि राहत वितरण गरेका हुन् । उनीहले ४१ हजार केजी खाद्यान्न नेपाली सेनाको हेलिकप्टरमार्फत मनाङ पु¥याएका हुन् ।

खराब मौसमका कारण खाद्यान्न पु¥याउन नसकिएका बाँकी ठाउँमा मौसममा सुधार आउनेबित्तिकै ढुवानी गरिने पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङले बताए ।

त्यसका लागि राहत वितरण टोलीका सदस्यलगायत हेलिकप्टर र चालक दलका सदस्य लमजुङको बेंसी शहरमै बसेको नेपाली कांग्रेस मनाङका सचिव सुरेन्द्र गुरुङले जानकारी दिए ।

मौसम सफा भएमा आज बिहानै निस्याङको मनाङ, नार्पाभूमि गाउँपालिकाका लागिसमेत गरी कूल ११ उडान भर्ने तयारी गरिएको नासोँ गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताए ।

हेलिकप्टर लमजुङको बेँसीशहरमा राखिएको र मौसम सफा हुनेबित्तिकी मनाङका विभिन्न गाउँपालिकामा खाद्यान्न पु¥याउने गरिएको उनले बताए । पिसाङका स्थानीय राम गुरुङले राहत सामग्री बुझ्दै जोखिम लिएर हामलाई राहत उपलब्ध गराएकाले आफूलाई अभिभावक नै पाएको अनुभूति भएको बताए ।

त्यसैगरी नासोँ गाउँपालिकाका उपाध्यक्ष कमलमाया गुरुङले सबै पालिका बगाएको र गाउँपालिकाको सबै काम अन्य जिल्लाबाट सञ्चालन गर्नुपरेको अवस्थामा राहत आउँदा खुशी लागेको बताइन् । (रासस)

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja