लिललाई पहिलो पटक फ्रेन्च सुपर कप फुटबलको उपाधि
![](https://fra1.digitaloceanspaces.com/appharuspace/pokharaaaja/uploads/2021/08/Lille-Champ-2-1024x683-1-768x512.jpg)
पोखरा
आइतबार राति भएको फाइनलमा सर्वाधिक सफल टिम पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १-० गोलले हराउँदै लिलले पहिलो पटक फ्रेन्च सुपर कप फुटबलको उपाधि जितेको छ ।
ब्लुमफिल्ड स्टेडियमा भएको फाइनलमा लिललाई जित दिलाउन सेकाले ४५औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
१० पटकको उपाधि बिजेता पीएसजी लीलसँग पराजित भएको हो ।