बढ्यो सुनचाँदीको मूल्य
पोखरा
नेपाली बजारमा आज सुनको मूल्य तोलामा ३०० रुपैँयाले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ४०० रुपैँयामा कारोबार भइरहेको छ ।
हिजो बुधबार भने यो सुन प्रतितोला ९२ हजार १०० रुपैँयामा कारोबार भएको थियो ।
यसैगरी तेजावी सुन भने आज प्रतितोला ९१ हजार ९०० रुपैँयामा कारोबार हुने महासंघले जनाएको छ । यसअघि तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ६०० रुपैँया थियो ।
यता चाँदीको मूल्यमा वृद्धि भएको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार २७० रुपैँयमा कारोबार हुने भएको छ । हिजो बुधबार १ हजार २५५ रुपैँयामा कारोबार भएको थियो ।