गण्डकी प्रदेशका मुख्यमन्त्रीका प्रेस संयाेजक काेईरालाई बधाई ज्ञापन




गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलका प्रेस संयोजक भरत कोइरालाई प्रेस युनियन कास्कीले बधाई तथा शुभकामना दिएको छ । 
नेपाल प्रेस युनियनका केन्द्रीय पार्षद् कोइरालालाई एक कार्यक्रमका बिच युनियनले शुभकामना दिएको हो । कार्यक्रममा युनियन कास्कीका अध्यक्ष नविन सिग्देलले काइराला प्रेस संयोजक हुँदा प्रेस युनियनको आकर्षण र उचाई बढेको बताए । प्रदेशको मन्त्री र मन्त्रालयसँग नजिक रहने हुँदा युनियनको विकाशमा सहकार्य गर्दै अगाडि बढ्ने अपेक्षा गर्दै केही समस्या परेमा प्रेस युनियन सहकार्य गर्न तयार रहेको बताए । कार्यक्रममा प्रेस युनियनको केन्द्रिय उपाध्यक्ष रमेश पौडेलले सरकारलाई सहि भूमिकामा पुर्याउन प्रेसको माध्यमबाट महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । पत्रकारका हकहित र पारिश्रमीकको विषयमा लाग्न पनि उनको आग्रह थियो ।
कोइरालाले अपेक्षा धेरै भएपनि सहकार्य गर्दै समस्या समाधान गर्दै जाने बताए । आफुले जानेका सिप, दक्षता र क्षमताको आधारमा प्रदेश सरकारको कामहरु गर्दै जाने प्रतिवद्धता जनाए । सबैको अपेक्षा अनुसार प्रदेश सरकारको बजेट नभएका कारण पनि सबै अपेक्षा पुरा गर्न नसक्ने कुराको इंगित गर्दै सकेसम्म सल्लाहमा काम गर्ने बताए । आफुप्रति गरेको विश्वासलाई चुक्ने नदिने उनले प्रतिवद्धता पनि जनाए । 
कार्यक्रममा संस्थाका सल्लाहकारहरु रविन्द्र बास्तोला, गंगाधर पराजुली, , युनियन कास्कीका पूर्व अध्यक्ष हेमराज बराल लगायतले सफल कार्यकालको शुभकामना दिएका थिए । 
 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja