लेजेण्ड एल क्लासिको खेलमा रियल मड्रिडले बार्सिलोनालाई हरायो



पोखरा

इजरायलमा मंगलबार राति लेजेण्ड एल क्लासिको खेलमा रियलको लेजेण्ड टिमले बार्सिलोनालाई ३-२ गोलले हराएको छ।

खेलको २८औँ मिनेटमा जाभिएर स्याभिओलालई रियलका डिफेण्डर एन्टानियो नुनिजले लडाएपछि बार्सिलोनालाई पेनाल्टी दिइएको थियो । ब्राजिलियन लेजेण्ड रोनाल्डिन्होले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए ।

४२औँ मिनेटमा रियलका मुनिटिसले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । खेलको ४४औँ मिनेटमा अल्फन्सोले गोल गर्दै रियललाई २-१ को अग्रता दिलाए । ६०औँ मिनेट जोफ्रे माटिउले गोल गर्दै बार्सिलोनालाई २-२ को बराबरीमा ल्याए । ७०औँ मिनेटमा डेल ला रेडले गोल गर्दै रियललाई ३-२ को जित दिलाए ।

खेलमा बार्सिलोनाको टिममा मरिएनो,मिक्वेल सोलेर,जोन एन्डोनी,ओस्कर अर्पोन,गाइज्का,जेभियर,डेको,रिभाल्डो र रोनाल्डिन्होलगायतका खेलाडी थिए ।

रियलको टिममा पनि जोर्डी कोडिना,रोबेर्टो कार्लोस,रिभेरा,एन्टोनियो नुनेज,आल्फोन्सो पेरेज,क्याम्पो,लुइस फिगो, फनाएन्डो सन्ज र रुबिन डे ला लगायतका खेलाडी थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja