कोभिड—१९ को रोकथाम, उपचार र राहतमा केन्द्रीत हुन सरकारलाई आग्रह ,नेपाली कांग्रेस सभापति शेर बहादुर देउवा



नेपाली कांग्रेसले कोरोना महामारी नियन्त्रणा लागि विदेशी मित्रराष्ट्र र दातृनिकायबाट प्राप्त सहयोगको दुरुपयोग र पार्टीकरण बन्द गर्न माग गरेको छ ।
आज कांग्रेस सभापति शेरबहादुर देउवाले एक विज्ञप्ति जारी गर्दै खोप लगायत स्वास्थ्य सामग्री खरिद र आपूर्तीमा देखिएका अनियमिताको छानविन गर्न माग गरे ।
उनले देशको हरेक गाउँ-नगरपालिका र वडा तहसम्म पिसिआर परिक्षणको व्यवस्था गर्न, संक्रमण रोक्न सशक्त सचेतना अभियान संचालन गर्न, ग्रामीण र दुर्गम क्षेत्रका संक्रमित नागरिकहरुलाई समेत उपचारको सुविधा सुनिश्चित गर्न, निषेधाज्ञालाई व्यवहारिक र प्रभावकारी बनाउन माग गरे ।
‘विदेशी मित्रराष्ट्र र संघ–संस्थाहरुबाट आएको सहयोगको दुरुपयोग र पार्टीकरण बन्द गर्न माग गर्दछु । खोप लगायत स्वास्थ्य सामाग्री खरीद र आपूर्तिमा देखिएका अनियमितता र भ्रष्टाचारको निष्पक्ष जाँचको लागि पनि सम्बन्धित निकायहरुसँग माग गर्दछु,’ देउवाले भने ।
कांग्रेसले कोभिड–१९ को रोकथाम र उपचारमा गम्भीर हुन सरकारलाई पटक–पटक खबरदारी गर्दै आएको छ ।
कांग्रेस सभापति देउवाको नेतृत्वमा जेठ ६ गते कोभिड–१९ को महामारीबाट जनतालाई बचाउन १५ बुँदे ज्ञापन–पत्र प्रधानमन्त्रीलाई बुझाउँदै सरकारको गम्भीर ध्यानाकर्षण गराएको थियो ।
कांग्रेस सभापति देउवाले सरकारको नेतृत्वको सम्पूर्ण ध्यान जसरी पनि सरकारमा टिकिरहनुपर्छ भन्ने मात्र भएकोले जनताका आवश्यकता र पिरमर्काहरु गौण हुन पुगेको दावी गरेका छन् ।
‘अहिले कोभिड–१९ को संक्रमणले सिर्जना गरेको स्वास्थ्य चुनौति मात्र नभएर निषेधाज्ञाले उद्योग व्यवसाय बन्द भएर खडा गरेको वेरोजगारीका कारण रोजिरोटीको संकट पनि जटिल बन्दै गएको छ,’ उनले भने, ‘संक्रमणको लहर सहरबाट ग्रामीण र दुर्गम क्षेत्रमा समेत फैलिएको छ । स्वास्थ्य पूर्वाधारको कमजोर अवस्था र सरकारको उदासिनताका कारण ग्रामीण क्षेत्रमा उपचार नभएर हाहाकार मच्चिएको छ । देशैभर खासगरी अस्पताल पहुँचको सिमितता, खोप, अक्सिजन र भेन्टिलेटरको अभावका कारण संक्रमण र मृत्युदर कम हुन सकेको छैन ।’
सरकारको अर्कमण्यता र उदासिनताका कारण बढेको संक्रमण रोक्न फेरि पनि निषेधाज्ञाको साहारा लिएको आरोप कांग्रेस काे छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja