बलिउडमा यस्तौ कैयौं कलाकार छन्, जो पर्दामा रिपोर्टर बने



पोखरा

पत्रकारलाई समाजको ऐना मानिन्छ । फिल्मले पनि समाजको वास्तविकलाई पर्दामा देखाउछ । यी दुवै विषय जनतामाझ पुग्नका लागि आ–आफ्नो माध्यम रोज्छन् ।

बलिउडमा यस्तौ कैयौं कलाकार छन्, जसले पर्दामा रिपोर्टरको भूमिका निर्वाह गरेका छन् । विश्व प्रेस स्वतन्त्रताको अवसर पारेर आजतकले पर्दामा रिपोर्टरको भूमिका निर्वाह गरेका कलाकारको बारेमा एउटा समाचार तयार पारेको छ ।

सन् २००४ मा रिलिज फिल्म ‘लक्ष्य’मा अभिनेत्री प्रिती जिन्टाले एक युद्ध संवाददाताको भूमिका निर्वाह गरेकी थिइन् । ऋतिक रोशन अभिनित यो फिल्ममा प्रितीको चरित्रलाई दर्शकले सराहना गरेका थिए ।

प्रकाश झाको फिल्म ‘सत्याग्रह’मा करीना कपूरले एक राजनीतिक रिपोर्टरको भूमिका निभाएकी थिइन् । फिल्ममा उनको भूमिका निकै दमदार थियो । सोशियो–पोलिटिकल थिमको यो फिल्ममा अमिताभ बच्चन, मनोज बाजपेयी, अजय देवगन र अर्जुन रामपालको पनि अभिनय थियो ।

फिल्म ‘नायक’मा अनिल कपूरले निभाएको रिपोर्टरको भूमिका कसले भुल्न सक्छ र । एक रिपोर्टर एकदिनका लागि मुख्यमन्त्री बन्न सक्यो भने उसले के मात्र गर्दैन भन्ने कथालाई फिल्मले चित्रण गरेको छ ।

फिल्म ‘रण’मा अमिताभ बच्चनले एक समाचार प्रस्तोताको भूमिका निभाएका थिए । फिल्ममा उनी वरिष्ठ पत्रकार भए पनि आफ्नो च्यानलमा भइरहेको भ्रष्टाचारका बारेमा बेखबर थिए ।

अभिनेत्री सोहा अली खानले फिल्म ‘वो बेबसी, वो चुभन’मा रिपोर्टरको भूमिका निर्वाह गरेकी थिइन् । उनको भूमिकालाई दर्शकले निकै मनपराएका थिए ।

अभिनेता शाहरुख खानले फिल्म ‘फिर भी दिल है हिन्दुस्तानी’मा अभिनेत्री जुही चावलाका साथ न्यूज रिपोर्टरको भूमिकामा देखिएका थिए । त्यस्तै फिल्म ‘दिल से’मा शाहरुख अल इण्डिया रेडियोका लागि कार्यक्रम प्रमुख बनेका थिए ।

‘तेरे बिन लादेन’ एक व्यंग्यात्मक फिल्म थियो । यो फिल्ममा अली जफरले कराचीका एक स्थानीय टेलिभिजन रिपोर्टरको भूमिका निर्वाह गरेका थिए । यो फिल्म विश्वव्यापी रुपमा मनपराइएको थियो ।

फिल्म ‘पेज ३’को निर्देशन मधुर भण्डारकरले गरेका थिए । यो फिल्ममा कोणिकाले एक इन्टरटेनमेन्ट रिपोर्टरको भूमिका निर्वाह गरेकी थिइन् ।

फिल्म ‘नो वान किल्ड जेसिका’मा रानी मुखर्जी एक समाचारवाचिका भूमिकामा थिइन् । उनको भूमिका सशक्त थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja