भारतमा लगातार सातौं दिनमा ३ हजार बढीले ज्यान गुमाए



पोखरा

भारतको कोरोना बिरामीको संख्या १ करोड ९९ लाख १९ हजार ७१५ पुगेको छ । अर्थात्, आज यो आँकडा २ करोड पार हुनेछ ।

भारत यस्तो देश हुनेछ जहाँ दुई करोडभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । अमेरिकामा सबैभन्दा धेरै ३.३८ करोड मानिस संक्रमित भइसकेका छन् ।

पछिल्ला दुई दिनदेखि नयाँ बिरामीको आँकडामा गिरावट देखिएको छ । आइतबार भारतमा ३ लाख ६९ हजार ९४२ बिरामी भेटिएका छन् ।

२ लाख ९९ हजार ८ सय मानिस निको भएक छन् । शुक्रबार भारतमा रेकर्डस्तरको ४ लाख २ हजार १४ जना संक्रमित पाइएका थिए जुन शनिबार घटेर ३ लाख ९२ हजार ४५९ भएको थियो ।

भारत दुनियाँको तेस्रो देश जहाँ सबैभन्दा धेरै मृत्युः

सबैभन्दा धेरै मृत्यु भएको देशमा भारतले मेक्सिकोलाई पछि पार्दै तेस्रो नम्बरमा आएको छ । यहाँ हालसम्म २ लाख १८ हजार ९४५ मानिसहरुको मृत्यु भएको छ । यसमा अमेरिका पहिलो स्थानमा छ ।

यहाँ ५.९२ लाख र ब्राजिलमा ४.०७ लाखको मृत्यु भइसकेको छ । चौथो स्थानमा पुगेको मेक्सिकोमा हालसम्म २.१७ लाखको मृत्यु भएको छ ।

भारतमा कोरोना महामारी आँकडामा

पछिल्लो २४ घण्टामा भेटिएका नयाँ संक्रमितः ३.६९ लाख

पछिल्लो २४ घण्टामा भएको कूल मृत्युः ३,४२१

पछिल्लो २४ घण्टामा निको भएका बिरामीः २.९९ लाख

हालसम्म भेटिएका संक्रमितको संख्याः १.९९ करोड

हालसम्म निको भएकाः १.६२ करोड

हालसम्मको कूल मृत्युः २.१८ लाख

हाल उपचार गराइरहेका बिरामीको कूल संख्याः ३४.१० लाख

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja